नेप्सेमा गिरावट, कसले गुमाए

मूलखबर संवाददाता
काठमाडौं, ४ चैत

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ।

आइतबार तीन सय चार कम्पनीको ८४ लाख छ हजार ७६ कित्ता शेयर ६३ हजार नौ पटक खरिदबिक्री हुँदा तीन अर्ब ३८ करोड ७९ लाख ८० हजार तीन सय ८४ बराबरको कारोबार भएको छ।

आज विकास बैंक समूह शून्य दशमलव ८२, वित्त समूह शून्य दशमलव ६२ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २९ प्रतिशतले बढेको छ। अरु सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ शून्य दशमलव ६२, होटल तथा पर्यटन एक दशमलव ५६, जलविद्युत् एक दशमलव १६, लगानी शून्य दशमलव ५९ र जीवन बीमा शून्य दशमलव १९ प्रतिशतले घटेको छ।

त्यसैगरी, लघुवित्त समूह शून्य दशमलव ०३, म्युचुअल फन्ड शून्य दशमलव ४०, निर्जीवन बीमा शून्य दशमलव २२, व्यापार शून्य दशमलव ४३ र अन्य समूह एक दशमलव ०६ प्रतिशतले घटेको छ।