प्रत्येक वडामा महिलाको घरेलु उद्योग सञ्चालन गर्नेगरी बजेट ल्याउन सांसद माझीको माग

मूलखबर संवाददाता
काठमाडौं, चैत

प्रतिनिधिसभा सदस्य उर्मिला माझीले महिलाहरुलाई आतमनिर्भर र स्वरोजगार बनाउन प्रत्येक वडामा महिला केन्द्रीत घरेलु उद्योग सञ्चालन गर्ने योजना बजेटमा आउनुपर्ने माग गरेकी छीन ।
बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा संसदको बैठकमा भाग लिँदै नेकपा माओवादी केन्द्रकी नेतृ समेत रहेकी सांसद माझीले महिलाहरुको आर्थिक पहुँच नहुँदा घरेलु हिंसा, हत्या र आत्महत्याका घटनामा वृद्धि भएको भन्दै ग्रामिण र घरेलु गृहिणी महिलाहरु केन्द्रीत गरेरर प्रत्येक वडामा एउटा महिला सहभागितामा घरेलु उद्योग सञ्चालन गर्ने गरी बजेटमा योजना समावेश गर्न माग गरेकी हुन् ।

त्यसैगरी उनले बजेटले युवाहरुलाई स्वेदेशमै बस्न सक्ने र रोजगारी प्रदान गर्ने ठोस कार्यक्रम बजेटमा आउनुपर्ने बताएकी छीन् । उनले युवालाई स्वरोजगार, रोजगार र विदेशमा भएका युवालार्य स्वदेश फर्केर काम गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण पनि गराएकी टिन् ।

उनले स्टार्टअप विजिनेशको लागि भनेर विदेशबाट फर्केका युवालाई सहुलितयत ऋण र अनुदानको कार्यान्वयन नभएको भन्दै तयसको लागि उच्चस्तरिय अनुगमन संयन्त्र आवश्यक भएकोमा जोड दिएकी छिन् । उनले बजेटले जनताको अवस्था परिवर्तनको लािग ठोस र मूर्त कार्ययोजना दिन पनि माग गरेकी छिन् ।