कम्प्युटरमा बसेर काम गर्नुहुन्छ ? स्वास्थ्य बचाउन विर्सनै नहुने ५ सूत्र

मूलखबर संवाददाता
काठमाडौं

मानिसहरु पछिल्लो समय सबैभन्दा धेरै कम्प्युटरको अगाडी बस्छन् । धेरैको काम त कम्प्युटरमा नै हुन्छ ।

घर देखि कार्यालय सम्म कम्प्युटरको अगाडी लामो समय बस्नु पर्नेहरुले खास ख्याल गर्नु पर्छ अन्यथा त्यसक‌ै कारण शारीरिक समस्याहरु हुन सक्छन् ।

यहाँ हामीले कम्प्युटरमा बस्दा ध्यान दिनु पर्ने ५ कुराको चर्चा गरेका छौं ।

१ कम्प्युटर अगाडी कुर्सीमा बस्दा तपाइँको शरीरको पछाडीको भाग र बस्ने भाग जति सक्यो त्यति पछि सम्म लैजानुस् ।

२ जति सक्यो सिधा बस्नुस् । सिधा बस्दा पछाडीको भागले तपाइँको ढाडलाई केही आधार दिन्छ र यसले स्वास्थ्यमा असर गर्दैन ।

३ कुर्सीलाई अग्लो पार्दा ख्याल गर्नुस् ताकि तपाइँको आँखा स्क्रिनमा सिधा परोस् र घुँडा तपाइँको पछाडीको भाग भन्दा तल होस् ।

४ तपाइँको नारीलाई टेवलमा राख्नुस् र माउस पनि टाढा तन्किन पर्ने गरि नराख्नुस् ।

५ कम्प्युटर टेवल अगाडी कुर्सीमा बस्दा तपाइँको खुट्टा या भुइँमा छुने गरी या काठको टुलमा पर्ने गरी राख्नुस् ।

यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।