
सरकार र मिटरब्याज पीडितबीच चार बुँदे सहमति, आन्दोलन स्थगित
सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । यो सहमतिसँगै मिटरब्याज पीडितको ४२ दिनदेखि गरिरहेको आन्दोलन स्थगित भएको छ ।
सोमबार गृह मन्त्रालयमा भएको वार्ताबाट दुई पक्षबीच सहमति जुटेको हो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितलाई आइतबार सिंहदरबारमा बोलाएका थिए ।
सहमतिपत्रमा गृह मन्त्रालयको तर्फबाट वार्ता समितिका संयोजक सहसचिव रुद्रप्रसाद पण्डितलगायतले हस्ताक्षर गरेका छन् भने मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिका तर्फबाट ९ जना आन्दोलनकारीले हस्ताक्षर गरेका छन् ।
