तपाईंलाई थाहा छ ! किस गर्दा हुनसक्छ यी ५ प्रकारका रोगको जोखिम

मूलखबर संवाददाता
काठमाडौं

चुम्बन अर्थात किस, कुनै पनि जोडीको प्रेमको पहिलो निशानीको रुपमा लिइन्छ। तर यसका आफ्नै फाइदा मात्र होइन बेफाइदा छन्।

स्त्री र पुरुषबीचको सम्बन्ध प्रगाढ बनाउन चुम्बनले सकारात्मक भूमिका खेल्छ। यसले मानसिक स्थिरता अनि शारिरीक सामिप्यता बढाउँछ। अनि यसका बेफाइदा पनि छन्। जसरी शारिरिक सम्पर्क गर्दा यौनसम्बन्धी रोगहरुको खतरा रहन्छन् त्यसरी नै चुम्बन गर्दा मुख, जिब्रो सम्बन्धि रोगको खतरा रहन्छ।

किस गर्दा कस्ता कस्ता रोग सर्न सक्छन् त ?

१. संक्रमण सर्ने खतरा – यौन सम्पर्कबाट मात्रै रोगको संक्रमण हुन्छ भन्ने मानसिकता छ, तर चुम्बनका क्रममा पनि एक व्यक्तिबाट अर्कोमा संक्रमणको खतरा हुन्छ । कुनै दुइ व्यक्तिबीचको यसप्रकारको शारिरीक सामिप्यतामा पनि संक्रमणको खतरा रहन्छ।

२. रुघाखोकी – रुघाखोकी लागेको व्यक्तिले अर्कोलाई चुम्बन गर्दा र्यालबाट सर्न सक्छ । रुघा लागेको बेला वा आफ्नो पार्टनरलाई रुघा लागेको छ भने चुम्बन गर्नुहुन्न।

३. फोका वा ठेउला उठ्ने – ओठमा फोका वा ठेउला चुम्बनको माध्यमबाट सर्ने रोग हो । यो पनि एक सरुवा रोग हो, जुन चुम्बन तथा यौन सम्पर्कबाट पनि सर्न सक्छ ।

४. श्वासप्रश्वास सम्बन्धी समस्या – ज्वरो, दादुरा, फोक्सो सम्बन्धी रोगहरु चुम्बनको माध्यमबाट सर्न सक् । यस्तो समस्या संक्रमण भएको व्यक्तिसँग एउटै कोठामा रहनु भएमा पनि सर्न सक्छ ।

५. गिजासम्बन्धी रोग – गिजामा कुनै संक्रमण छ भने यो चुम्बनको माध्यमबाट तपाइको पार्टनरमा सर्न सक्छ।

यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।