यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादवको शपथ आज. जनता समाजवादी पार्टीकाे भागमा परेकाे दुई मन्त्रीकाे सपथ आइतबार हुने भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा साे कुरा जानकारी दिएका थिए. जसपाकाे भागमा स्वास्थ्य र खानेपानी मन्त्रालय परेकाे छ । स्वास्थ्यमा जसपाका अध्यक्ष उपेन्द्र यादव आफै जाने तयारी गरेका छन् प्रधानमन्त्रीले यसअघि माओबादी,एमाले र रास्वपालाई समेटेर मन्त्री परिषद विस्तार गरेका थिए ।. जसपाले पार्टीबाट अध्यक्ष यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् । साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।.
स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादवको शपथ आज
मूलखबर संवाददाता
काठमाडौं
जनता समाजवादी पार्टीकाे भागमा परेकाे दुई मन्त्रीकाे सपथ आइतबार हुने भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा साे कुरा जानकारी दिएका थिए
जसपाकाे भागमा स्वास्थ्य र खानेपानी मन्त्रालय परेकाे छ । स्वास्थ्यमा जसपाका अध्यक्ष उपेन्द्र यादव आफै जाने तयारी गरेका छन् प्रधानमन्त्रीले यसअघि माओबादी ,एमाले र रास्वपालाई समेटेर मन्त्री परिषद विस्तार गरेका थिए ।
जसपाले पार्टीबाट अध्यक्ष यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् । साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।