
एमाले सचिवालय बस्दै, पार्टीको कदमबारे निर्णयको तयारी
सत्ता समिकरण फेरिएपछिको राजनीतिक समीक्षा गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बैठक बिहान ९ बजे बोलाइएको छ ।
सरकारमा सहभागी भएपछिको अवस्थामा छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठकमा पार्टीले गरेको पछिल्लो निर्णयको समीक्षा तथा आगामी कार्ययोजनालगायतमा छलफल हुने बताइएको छ ।
पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा उठेका विषय नै छलफलका मुख्य एजेण्डा रहेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
