यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
इमेल गरिरहनु हुन्छ भने तपाईंले जान्नै पर्ने ५ कुरा, जिमेलमा हुन्छन् यी महत्त्वपूर्ण फिचर. मूलखबर संवाददाता काठमाडौं जीमेल हामीले दैनिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । व्यक्तिगत तथा व्यवसायिक सञ्चारका लागि जीमेलको प्रयोग भइरहेको छ ।. जीमेल दैनिक प्रयोग गरे पनि यसमा केही यस्ता फिचरहरू रहेका छन्, जुन हामीलाई कतिपय समयमा थाहा हुने गर्दैन् ।. आज हामी जीमेलमा भएका पाँच यस्ता फिचरको बारेमा जानकारी दिदैछौं, जुन जीमेल प्रयोगकर्तालाई थाहा हुनैपर्छ । त्यसले तपाईलाई जीमेल प्रयोग गर्न अझै सहज बनाउने छ ।. टेम्प्लेट. तपाईले एकै प्रकारको जानकारी भएको ईमेल पठाउनुहुन्छ भने त्यसबारेमा टेम्प्लेट पनि बनाउन सक्नुहुन्छ । यसका लागि सेटिंगमा गएर एडभान्सड लिंक खोज्नुपर्ने हुन्छ ।. अब टेम्प्लेट सेक्सनसम्ममा स्क्रोल गरेर ईनेबलमा मार्क गर्नुपर्ने हुन्छ । अब नयाँ टेम्प्लेट बनाएर कम्पोजमा क्लिक गर्नुपर्छ । यसले गर्दा केही क्लिकमै टेम्प्लेट बनाएर ईमेल पठाउन सकिन्छ ।. अनसेण्ड. कहिलेकाहीँ हामीले केही गलत टाइप गरेर इमेल पठाउन सक्छौँ । यस्तो बेलामा सबैभन्दा काम गर्ने बटन हो, अन्डू ।. जीमेल पूर्ण रुपमा ईमेल फिर्ता ल्याउन दिन्छ । यसका लागि तपाई सेटिगंमा गएर अन्डू सेण्डको छेउमा क्यान्सिलेसन समय छान्नुपर्ने हुन्छ । यसमा आफूखुशी ५,१०,२० वा ३० सेकेण्ड छान्न सकिन्छ ।. नपढेको ईमेल. तपाईको जिमेलको इनबक्स एकैचोटि धेरै मेलले भरिएको हुनसक्छ जसले गर्दा तपाईले कुन मेल हेर्न छुटाउनु भयो भनेर सम्झिन गाह्रो पर्न सक्छ ।. यसका लागि तपाईले आफ्नो जिमेल अकाउन्टको सर्च बारमा गएर अनरिड भनेर टाइप गर्नुपर्ने हुन्छ । यसले गर्दा तपाईको सबै नपढेको ईमेल एकै ठाउँमा पाउनसक्नुहुनेछ ।. लेबल्स. लेबल्सले जीमेललाई वर्गाीकरण गर्न सहज हुने गर्दछ । त्यस कारण तपाईले विभिन्न लेबललाई कलरकोड गरेर मेललाई अझै बढी आकर्षक बनाउन सक्नुहुनेछ । यसले ईमेललाई दृश्यात्मक रुपमा आकर्षक बनाउनलाई सहयोग गर्नेछ ।. लेआउट. मेसेजको महत्व अनुसार जिमेलमा विभिन्न लेआउटहरु छानेर वर्गीकरण गर्न सकिन्छ । तपाईलाई एकदमै अत्यावश्यक रुपमा चाहिने मेललाई कुनै एक तरिकाको लेआउट दिन सकिन्छ ।. यसका लागि क्वीक सेटिङमा गएर कति मेल एकचोटिमा पठाउने, इनबक्स टाइप वा रिडिङ पेन भ्यूमा परिवर्तन गर्न सकिन्छ । यस्ता परिवर्तनले निश्चित खालका मेल पठाउन दिने गर्दछ ।. एजेन्सी.
इमेल गरिरहनु हुन्छ भने तपाईंले जान्नै पर्ने ५ कुरा, जिमेलमा हुन्छन् यी महत्त्वपूर्ण फिचर
मूलखबर संवाददाता
काठमाडौं
जीमेल हामीले दैनिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । व्यक्तिगत तथा व्यवसायिक सञ्चारका लागि जीमेलको प्रयोग भइरहेको छ ।
जीमेल दैनिक प्रयोग गरे पनि यसमा केही यस्ता फिचरहरू रहेका छन्, जुन हामीलाई कतिपय समयमा थाहा हुने गर्दैन् ।
आज हामी जीमेलमा भएका पाँच यस्ता फिचरको बारेमा जानकारी दिदैछौं, जुन जीमेल प्रयोगकर्तालाई थाहा हुनैपर्छ । त्यसले तपाईलाई जीमेल प्रयोग गर्न अझै सहज बनाउने छ ।
टेम्प्लेट
तपाईले एकै प्रकारको जानकारी भएको ईमेल पठाउनुहुन्छ भने त्यसबारेमा टेम्प्लेट पनि बनाउन सक्नुहुन्छ । यसका लागि सेटिंगमा गएर एडभान्सड लिंक खोज्नुपर्ने हुन्छ ।

अब टेम्प्लेट सेक्सनसम्ममा स्क्रोल गरेर ईनेबलमा मार्क गर्नुपर्ने हुन्छ । अब नयाँ टेम्प्लेट बनाएर कम्पोजमा क्लिक गर्नुपर्छ । यसले गर्दा केही क्लिकमै टेम्प्लेट बनाएर ईमेल पठाउन सकिन्छ ।
अनसेण्ड
कहिलेकाहीँ हामीले केही गलत टाइप गरेर इमेल पठाउन सक्छौँ । यस्तो बेलामा सबैभन्दा काम गर्ने बटन हो, अन्डू ।
जीमेल पूर्ण रुपमा ईमेल फिर्ता ल्याउन दिन्छ । यसका लागि तपाई सेटिगंमा गएर अन्डू सेण्डको छेउमा क्यान्सिलेसन समय छान्नुपर्ने हुन्छ । यसमा आफूखुशी ५,१०,२० वा ३० सेकेण्ड छान्न सकिन्छ ।
नपढेको ईमेल
तपाईको जिमेलको इनबक्स एकैचोटि धेरै मेलले भरिएको हुनसक्छ जसले गर्दा तपाईले कुन मेल हेर्न छुटाउनु भयो भनेर सम्झिन गाह्रो पर्न सक्छ ।
यसका लागि तपाईले आफ्नो जिमेल अकाउन्टको सर्च बारमा गएर अनरिड भनेर टाइप गर्नुपर्ने हुन्छ । यसले गर्दा तपाईको सबै नपढेको ईमेल एकै ठाउँमा पाउनसक्नुहुनेछ ।

लेबल्स
लेबल्सले जीमेललाई वर्गाीकरण गर्न सहज हुने गर्दछ । त्यस कारण तपाईले विभिन्न लेबललाई कलरकोड गरेर मेललाई अझै बढी आकर्षक बनाउन सक्नुहुनेछ । यसले ईमेललाई दृश्यात्मक रुपमा आकर्षक बनाउनलाई सहयोग गर्नेछ ।
लेआउट
मेसेजको महत्व अनुसार जिमेलमा विभिन्न लेआउटहरु छानेर वर्गीकरण गर्न सकिन्छ । तपाईलाई एकदमै अत्यावश्यक रुपमा चाहिने मेललाई कुनै एक तरिकाको लेआउट दिन सकिन्छ ।
यसका लागि क्वीक सेटिङमा गएर कति मेल एकचोटिमा पठाउने, इनबक्स टाइप वा रिडिङ पेन भ्यूमा परिवर्तन गर्न सकिन्छ । यस्ता परिवर्तनले निश्चित खालका मेल पठाउन दिने गर्दछ ।
एजेन्सी