तपाईं कसरी गर्नु हुन्छ ब्रस ? यी ५ प्रकारका गल्ती नगर्नुस् दाँतमा असर पर्छ

मूलखबर संवाददाता
काठमाडौं

दाँत खाना चपाउन मात्र होइन सौन्दर्यका दृष्टिले पनि महत्त्वपूर्ण भाग हो । दाँत स्वस्थ भएन भने हामीहरुले खाएको खाना राम्रोसँग चपाउन सक्दैनौं त्यस्तै देख्दा पनि राम्रो देखिँदैन ।

दाँतलाई स्वस्थ बनाइराख्नका लागि यिनलाई सफा राख्नु एकदमै जरुरी हुन्छ । तर दाँतलाई सफा गर्दा हुने केही गल्तीहरुबाट भने बच्नु पर्दछ ।

१- धेरै दबाब
दाँतलाई सफा गर्ने समयमा धेरै दबाएर ब्रस गर्नु हुँदैन । यसले तपाईंको दाँतमा हानी हुन सक्छ । सुस्त सुस्त तथा हल्का हातले ब्रस गरेर मात्र दाँत सफा गर्नुपर्दछ ।

२- धेरै रगेड्ने
दाँतको सरसफाई गर्ने क्रममा समयको पनि ध्यान दिनुपर्छ । तर यसको मतलब तपाईं केही सेकेन्डमै दाँत घोटेर सक्नुस् । कम से कम एक देखि दुई मिनेटसम्म ब्रस गर्नुपर्छ ।

३- दैनिक ब्रस नगर्नु
दाँतलाई सफा र स्वस्थ राख्नका लागि नियमित रुपमा ब्रस गर्नु अनिवार्य हुन्छ । दिनमा कम्तीमा पनि दुईपटक ब्रस गर्ने प्रयास गर्नुहोस्, एकपटक बिहान र एकपटक साँझ सुत्नुअघि ब्रस गर्नुपर्छ ।

४- जिब्रोको फोहोर
दाँतसँगै जिब्रोलाई पनि सफा गर्नुपर्दछ । ब्रस गरिसकेपछि फ्लस गर्नाले दाँतहरुको बीचमा फसेको फोहोर र ब्याक्टेरियालाई सफा गर्न सकिन्छ ।
खराब क्वालिटी

५- खराब ब्रसको प्रयोग
आफ्ना दाँतका लागि राम्रो क्वालिटीको ब्रस लिने गर्नुहोस् । यसलाई नियमित रुपमा परिवर्तन पनि गर्नुपर्छ । धेरै लामो समय एउटै ब्रसको प्रयोग गर्नु हुँदैन । सधैं ३ वा ४ महिनामा ब्रस बदल्नु पर्दछ । ब्रस एकदमै कडा हुनुहुँदैन। सकेसम्म नरम किसिमको ब्रस प्रयोग गर्नुपर्छ। विशेष गरि एंगल भएको ब्रस प्रयोग गरेमा पछाडि सम्मको फोहोर निकाल्न सकिन्छ। बुरुषलाई करिब ४५ डिग्रीको एङ्गलमा ढल्काई हलुकासँग गोलोगरी ब्रसलाई चलाएर दाँत माझ्नुपर्दछ। व्यवस्थित तरिकाले ब्रस गर्न नसकेमा पूर्ण रुपमा दाँत सफा नहुन सक्छ। पहिला दाँतका बाहिरी सतह र विस्तारै चपाउने भाग तर्फ माझ्दै जानुपर्छ।

यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।