आज काठमाडौंका यी क्षेत्रमा हुने विद्युत आपूर्तिमा अवरोध

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौंको गोंगबु क्षेत्रमा आज विुद्य्त सेवा अवरुद्ध हुने भएको छ । गोंगबु र सामाखुसी फिडरबाट विद्युत सेवा वितरण भएका क्षेत्रमा आज बिजुली उपलब्ध हुने छैन ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार गोंगबु, सामाखुसी र टाउनप्लानिङ क्षेत्रमा आज बिजुली जानेछ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

हिजो (फागुन १६ गते) देखि यही फागुन २२ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् लाइन अवरुद्ध गर्नु परेको हो ।