भुँडी घटाउन कुन योगासन गर्ने ? यी ३ आसनलाई मानिन्छ अचुक उपाय

मूलखबर संवाददाता
काठमाडौं

खानपानसँगै दिनहुँ योग गर्नाले शरीर स्वस्थ हुनुका साथै यसले विभिन्न रोगबाट बच्न सकिन्छ ।

हरेक रोगका लागि विभिन्न योगाभ्यास छन् । त्यस्तै मोटोपन कम गर्न पनि विभिन्न योग छन् जसले विशेष लाभ दिन्छन् । जानौं ति योग बारे ।

द्विचक्रिकासन
यो आसन मोटोपन कम गर्नका लागि त फाइदाजनक छ नै साथमा यसका अन्य फाइदाहरु पनि छन् । जसलाई बुँदागत रुपमा यहाँ दिइएको छ ।
मोटोपन घटाउनका लागि यो सर्वोत्तम अभ्यास हो । नियमित रुपमा ५–१० मिनटेसम्म यसको अभ्यास गर्नाले शरीरमा अनावश्यक रुपले बढेको तौल कम हुन्छ ।


पेटलाई सुडौल बनाउँछ । आन्द्रालाई सक्रिय बनाउँछ । कब्जियत, मन्दाग्नी, अम्लपित्त आदिलाई पनि निर्मल गर्दछ ।
कम्मर दुख्ने समस्या भएमा एक एक वटा खुट्टाले यसको अभ्यास गर्नाले फाइदा पुग्छ ।

पादवृत्तासन
यो आसन पनि बढेको शारीरिक तौल कम गर्नको लागि लाभदायक हुन्छ ।
तिघ्रा, नितम्ब तथा कम्मरमा बढेको बोसोलाई हटाई पेटलाई हल्का र सुडौल बनाउँछ ।

अर्ध हलासन
मोटोपन घटाउन यो आसन विशेष लाभदायक छ ।
यस आसनले आन्द्रालाई सबल तथा निरोगी बनाउनुका साथै कब्जियत, ग्याँस, मोटोपन आदिलाई भगाउँछ ।
नाइटो दुख्ने, हृदयरोग, पेट दुख्ने तथा सासको रोगमा पनि यो उत्तिकै उपयोगी छ ।

 

यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।