चिनियाँ चमत्कारः विश्वका सबै प्रसिद्ध सहर चीनमै उपलब्ध, लण्डन ब्रिजदेखि आइफेल टावरसम्म

मूलखबर संवाददाता
काठमाडौं

अहिलेसम्म चीनले इलेक्ट्रोनिक ग्याजेट र प्राविधिक सामानको नक्कल गर्ने गर्दथ्यो तर अहिले सिङ्गो सहरले नक्कल गर्न थाले पछि विश्व अचम्मित भएको छ।

चीनले यस्तो सहर बनाएको छ, जहाँ गएपछि तपाई चीनमा घुमिरहनु भएको जस्तो लाग्दैन। मानिसहरू लन्डन र पेरिस घुमेको अनुभव अब चीनमा नै गर्न सक्ने भएका छन किनभने अब चीनले विश्वका प्रसिद्द शहरहरू पनि नक्कल गरेर चिनको भूमिमा बनाउन थालेको छ। चीनले पेरिसको यति धेरै नक्कल गरेको छ कि त्यहाँ आइफेल टावर पनि बनाएको छ।

नेशनल ज्योग्राफिकका अनुसार चीनले तियान्दुचेङमा दोस्रो पेरिस बनाएको छ, यहाँका पसल र सडक पनि पेरिस जस्तै देखिने गरी बनाइएको छ। यो सहर चीनले १० हजार मानिसका लागि बनाएको थियो तर जहाँ सन् २०१३ सम्ममा मात्रै २००० मानिस बस्दै आएका थिए । यति सुन्दर र भव्य बनाए पनि पूरै सहर भने अहिले खाली नै रहेको छ।

सन् २००७ मा खोलिएको यो सहर निर्माणमा एक अर्ब पाउण्ड खर्च भएको छ। यहाँ एउटा आइफेल टावर पनि बनाइएको छ, जसको उचाइ १०७ मिटर छ। जबकि पेरिसको वास्तविक एफिल टावरको उचाइ ३३० मिटर छ।

सीएनएनका अनुसार चीनको पेरिस सहरको जियाङ्सी रोडलाई फ्रान्सेली नाम पनि दिइएको छ, यहाँ युरोपेली डिजाइनका बगैंचा पनि बनाइएको छ। यदि तपाईं अचानक यो सहरमा पुग्नुभयो भने तपाईं पेरिसमा आउनु भएको महसुस गर्न सक्नुहुन्छ। यो सहर झेजियाङ प्रान्तमा निकै दुर्गम छ, जसका कारण मानिसहरू यहाँ जान मानिरहेका छैनन्।

तर, भर्खरै बिहे गर्ने नयाँ जोडीहरु हनिमुनका लागि चीनको पेरिस सहर जान रुचाउँछन्, जसका कारण यो सहर अहिले निकै लोकप्रिय बन्दै गएको छ।

सन् २०१७ मा यो सहरमा ३० हजार मानिस बसोबास गर्ने दाबी गरिएको थियो, यससँगै अब युरोपेलीहरू पनि यहाँ बस्न चाहन्छन् भन्ने हल्ला पनि चलाइएको थियो तर त्यस्तो केही हुन भने सकिरहेको छैन।

तियान्डुचेङमा रहेको आइफेल टावरको प्रतिकृति मात्रै होइन, चीनले हङकङको सिमानामा पर्ने दक्षिणी सहर शेन्जेनमा पनि १०८ मिटर अग्लो टावर निर्माण गरेको छ।

चीनले लन्डनको टावर, पुल र अल्पाइन गाउँहरू पनि बनाएको छ। सिड्नी ओपेरा हाउसको प्रतिलिपि चीनमा पनि उपलब्ध हुनेछ।