
आजको मौसमः देशभर आंशिक देखि सामान्य बदली
आज देशभर आंशिक देखि सामान्य बदली रहने छ । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ ।
काठमाडौं उपत्यकामा गत २४ घण्टामा ३ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २१ दशमलव ८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।
