
काठमाडौंमा वर्षासँगै चन्द्रगिरीमा हिउँ, बढे पर्यटक
काठमाडौंको चन्द्रागिरि डाँडामा हिउँ परेको छ। बिहीबार साँझपख चन्द्रागिरिमा हिउँ परेको हो।
हिउँ परेसँगै हिउँमा रमाउन बाक्लो सर्वसाधारण पुगेका थिए। बिहीबार बिहानैदेखि मौसम आंशिकदेखि सामान्य बदली रहेकोमा दिउँसो उपत्यकाका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा भएको थियो।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली रहेको र शनिबारदेखि मौसममा सुधार देखिने पूर्वानुमान छ।
शनिबारदेखि मौसम सुधार भएपछि तापक्रम पुनः बढ्ने महाशाखाले जनाएको छ।
