कति भो तपाईंको उमेर ? ३० वर्ष काटेका पुरुषमा देखिन्छन् यी ५ समस्या

मूलखबर संवाददाता
काठमाडौं

तपाईं कति वर्ष हुनु भो ? यदि पुरुष हुनुहुन्छ र ३० वर्ष नाघ्नु भो भने विचार गर्नुस्।

पहिला डाक्टरहरुले ४० वर्ष कटेपछि पुरुषहरुलाई आफ्नो स्वास्थ्यमा ध्यान दिन आग्रह गर्थे । तर अहिलेको हाम्रो जीवनशैली र खानपानका कारण अब ३० बर्ष पार गरेलगत्तै स्वास्थ्यसँग सम्बन्धित खतरा बढ्ने गरेको छ ।

डाक्टरहरुका अनुसार ३० काटेपछि पुरुषमा यस्ता ६ वटा गम्भीर समस्याहरु देखिन सक्छन् ।

१) ३० वर्ष पूरा गरेपछि पुरुषहरुमा क्याल्सियमको कमी हुन थाल्छ । जसका कारण हड्डी कमजोर हुने गर्छ ।

२) ३० वर्षपछि पुरुषहरुमा पाचन शक्तिमा पनि समस्या आउँछ । जसले गर्दा पेट बढ्दै जान्छ र अरु रोगहरु निम्त्याउन यसले मद्दत गर्छ ।

३) ३० वर्ष काटेपछि मोटोपना बढ्ने हुँदा शरीरमा कोलस्ट्रोल बढ्छ । जसले गर्दा मुटु रोगको खतरा बढ्दै जान्छ ।

४) ३० वर्ष पूरा गरेपछि पुरुषमा इन्सुलिनको सन्तुलन बिग्रिएर मधुमेह अर्थात डायवेटिज हुने संभावना हुन्छ ।

५) ३० वर्षपछि पुरुषको शरीरमा हर्मोनको कमी हुन थाल्छ । यसले फर्टिलिटीमा पनि असर गर्छ ।

त्यतिमात्र होइन ३० काटेपछि पुरुषहरुको मसल्समा लचीलोपन आउँछ र मसल्स दुखाइ बढ्छ । तसर्थ आफ्नो स्वास्थ्य ठिक राख्न तपाईंले विभिन्न सावधानी अपनाउन आवश्यक छ ।

यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।