माझी माेर्चाकाे मकवानपुर जिल्ला सम्मेलन सम्पन्न
माझी राष्ट्रिय मुक्तिमोर्चा नेपाल मकवानपुरको जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्लाकाे बागमती गाउँपालिकामा सम्पन्न सम्मेलनबाट भुमिलाल माझीकाे अध्यक्षतामा ३१ सदस्यीय कमिटी चयन भएको छ ।
सम्मेलनबाट भुमिलाल माझीकाे अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिकाे उपाध्यक्षमा भुपु माझी र मिरा माझी चयन भएका छन् भने सचपवमा कुसुम माझी र सहसचिवमा श्रवण माझी तथा कोषाध्यक्षमा राधिका माझी चयन भएका छन् ।
सम्मेलनमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवम् माेर्चाकी केन्द्रीय महासचिव उर्मिला माझी रहनुभएकाे थियाे भने विषेश अतिथिकाे रूपमा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान रहनुभएकाे थियाे ।
सम्मेलनमा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, माझी राष्ट्रिय मुक्ति मोर्चाकी नेतृ तथा केन्द्रीय सचिवालय सदस्य लक्ष्मी माझी, केन्द्रिय सदस्य कृष्ण बहादुर माझी, दन्तलाल माझी, किरण माझी, बागमती प्रदेश कोषाध्यक्ष नारायण माझी, गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री लगायतले मन्तव्य राख्नु भएको थियो।
सम्मेलनमा कृष्ण बहादुर माझी, भगवती माझी, ललिता माझी, उषा माझी र बद्री बहादुर माझी सम्मीलित ५ सदस्य निर्वाचन मण्डलद्वारा प्रस्तावित ३१ सदस्य जिल्ला समितिलाई हलबाट सर्वसम्मत पारित गरिएको थियाे ।