परिवर्तन त्यसै आएको हाेईन, उल्टिँदैन : सांसद माझी 

मूलखबर संवाददाता
मकवानपुर, फागुन

प्रतिनिधिसभा सदस्य उर्मिला माझीले नेपालकाे राजनीति सामाजिक परिवर्तन त्यसै सम्भव नभएको बताएकी छिन् ।

माझी राष्ट्रिय मुक्तिमोर्चा नेपाल मकवानपुरकाे जिल्ला सम्मेलनलाई प्रमुख अतिथिको रूपमा सम्वाेधन गर्दै माेर्चाकी महासचिव समेत रहेकी सांसद माझीले गणतन्त्र स्थापनामा २६ जना माझी समुदायका युवा युवतीले वलिदान गरेकाे बताइन् ।

अहिले मानिसहरूले परिवर्तन त्यत्तिकै आएकाे र यत्तिकै उल्टिने कुरा गरिरहेकाेमा आपत्ति जनाउँदै उनले परिवर्तन र गणतन्त्र कुनै हालतमा नउल्टिने बताइन् ।

उनलेे गणतन्त्र, संघियता, समानुपातिक समावेशी व्यवस्थासहितकाे नयाँ नेपालकाे स्थापनाकाे लागि माझी समुदायले गरेकाे त्याग, बलिदान र साैर्यकाे  कदर गर्दै आफुलाई माओवादी पार्टी र अध्यक्ष प्रचण्डले सांसद बनाएकाे उल्लेख गरिन् ।

हिजाे एकात्मक सामन्ती राजतन्त्रले अत्यन्तै उत्पीडनमा पारेकाे माझीलगायतका समुदाय, महिला, दलित, आदिवासीजनजातिले  गणतन्त्र र परिवर्तनको कारण नै राज्यकाे मुल प्रवाहमा र नीति निर्माण तहमा प्रवेश पाएकाे तथ्यलाई विर्सन नहुने बताइन् । उनलेे माझी समुदायले माओवादी र जनयुद्धको पक्षमा निरन्तर लाग्न र प्रतिक्रियावादी र परिवर्तनविराेधीकाे भण्डाफाेर गर्न कार्यकर्तालाई  निर्देशन पनि दिइन् । उनलेे अहिलेकाे गणतन्त्रकाे विकल्प राजतन्त्र हुन नसक्ने बताइन् ।

उनलेे माझी समुदायले राजनीति सामाजिक चेतनामा विकास गर्नुपर्ने आवश्यकता रहेकाे बताइन् । उनलेे माझी समुदायकाे प्रमुख चाड लदी पुजालाई राष्ट्रिय पर्वमा सुचिकृत गरि सार्वजनिक विदा दिनुपर्ने कुरामा केन्द्र सरकारकाे ध्यानाकर्षण गराएको जानकारी दिँदै बागमती प्रदेश सरकारले सुचिकृत गरि विदा दिएकाेमा धन्यवाद दिइन् । उनलेे बागमती प्रदेश सरकारले माझी समुदायलाई मात्रै नभई सबैलाई सार्वजनिक विदा दिन माग पनि गरिन् ।

भुमिलाल माझीकाे अध्यक्षतामा ३१ सदस्यीय कमिटी चयन

सम्मेलनबाट भुमिलाल माझीकाे अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिकाे उपाध्यक्षमा भुपु माझी र  मिरा माझी चयन भएका छन् भने  सचपवमा कुसुम माझी र सहसचिवमा श्रवण माझी तथा कोषाध्यक्षमा राधिका माझी चयन भएका छन् ।

सम्मेलनमा विषेश अतिथिकाे रूपमा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान,  गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, माझी राष्ट्रिय मुक्ति मोर्चाकी नेतृ तथा केन्द्रीय सचिवालय सदस्य लक्ष्मी माझी, केन्द्रिय सदस्य कृष्ण बहादुर माझी, दन्तलाल माझी, किरण माझी,  बागमती प्रदेश कोषाध्यक्ष नारायण माझी,  गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री लगायतले मन्तव्य राख्नु भएको थियो।