डण्डिफोर आएर तनाव दियो? यसो गर्नुस् हराएर जान्छ

मूलखबर संवाददाता
काठमाडौं

धेरैजसो युवा युवतीलाई डण्डीफोरले सताउँछ । जुनबेला राम्रो देखिन मन लाग्छ त्यसै उमेरमा यसले सताउँछ ।

मानिसको सुन्दरता झल्काउने अनुहारमा आउने डण्डिफोरले मानिसको रूप तथा सुन्दरतालाई नै बिगारिदिन्छ । डण्डिफोरका कारण तपाईमध्ये धेरै पिडित हुनुभएको हुन सक्छ ।

के तपाईंलाई पनि डण्डीफोरले दुःख दिएको छ ? छ भने हामी समाधानबारे चर्चा गर्छौँ ।

डण्डीफोरबाट मुक्ति पाउन चाहनुहुन्छ भने यी उपायहरू गर्नुस्…

– डण्डिफोर आएको ठाऊँमा दाँत माझ्ने पेष्ट दलिदिने ।

– डण्डिफोर आएको ठाऊँमा हलेदोको पेस्ट दल्ने । हलेदोको पेस्ट बेलुका सुत्ने बेला लगाउने र बिहान उठेपछि पखाल्ने ।

– डण्डीफोर आएको ठाऊँमा मह दल्ने । यसले ब्याक्टेरिया मार्छ र थप ईन्फेक्सन हुनबाट जोगाउँछ ।

– चीयाको तेलको डण्डीफओर आएको ठाऊँमा लगाउने, यसले पनि ब्याक्टेरीया मार्ने काम गर्छ साथै यसले डण्डिफोरको रातोपनलाई घटाउने, सुन्निने क्रमलाई रोक्छ ।

– तपाईले अनुहारमा प्रयोग गर्ने साबुन तथा अन्य कुराहरूमा समेत ध्यान पुर्याउनु पर्छ । साबुन तथा अन्य पदार्थहरूले तपाईको अनुहारमा एलर्जी उत्पन्न गर्न सक्छन् ।

यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।