अग्लो हुन मन छ ? यसरी गर्नुस् लम्बाइ बढाउने एक्सरसाइज

मूलखबर संवाददाता
काठमाडौं

मान्छे निश्चित उमेरपछि बढ्न बन्द हुन्छ भन्ने गरिन्छ । तर विज्ञहरु यो कुरा मान्न तयार छैनन् । उनीहरु भन्छन् केही यस्ता एक्सरसाइज छन् जो नियमित गर्ने हो भने शरीरको लम्बाई बढाउन मद्दत गर्दछ ।

शरीरको लम्बाइ बढाउनका लागि सबैभन्दा उत्तम उपाय हो स्किपिङ । जसलाई हामी सामान्य भाषमा डोरी खेल्ने पनि भनिन्छ । यसको माध्यामबाट शरीरमा रक्त संचार सही बनाइराख्छ जसले शरीरको हड्डीको लम्बाई बढाउन निरन्तर दबाब बनाउनेछ । यसका साथै बास्केटबल खेलले पनि शरीरको लम्बाइ बढाउन मद्दत गर्दछ ।

शरीरको लम्बाइ बढाउने अर्को उत्तम उपाय हो पौडी । दैनिक २ घण्टा पौडी खेल्ने हो भने लम्बाई बढाउन काफी मद्दत पुग्ने विज्ञहरुको भनाई छ । कोब्रा स्ट्रेच अर्को महत्वपूर्ण कसरत हो ।

यसका लागि जमिनमा उल्टो पल्टिएर हातलाई जमीनमा टेकाउनुपर्छ । यस दौरान हात तपाइको पेटको भागको नजिक हुनु आवश्यक छ । फेरि शरीरको अगाडिको भाग विपरित दिशाामा स्ट्रेच गर्नुपर्छ । यसलाई कम्तीमा ३ देखि ४ पटक दोहोर्याउनुपर्छ ।

सिटेड फरवार्ड बेड अर्को कसरत हो । यसमा भुईँमा बसेर दुवै खुट्टा अगाडि सिधा राख्नुपर्छ । त्यसपछि दुवै हात माथि राखि उठाउनुपर्छ ।

यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।