कस्तो छ तपाईंको सम्झिने क्षमता, यी ८ कुराले बढाउँछन् स्मरण शक्ति

मूलखबर संवाददाता
काठमाडौं

आजकलको व्यस्त जीवनशैलीमा दिमागलाई अत्यधिक भार पर्छ । यसैले गर्दा धेरै मानिसको दिमाग कमजोर हुन थाल्छ । दिमाग कमजोर भएपछि स्मरणशक्ति पनि गुम्ने नै भयो ।

तपाईंमा यो समस्या छ भने यहाँ बताइएका उपाय अपनाउनुस् ।

भिजाइएको बदाम
प्रत्येक रात १० वटा बदाम पानीमा भिजाएर राख्नुस् । बिहान उठेर त्यसको बोक्रा निकालेर मसिनो पेस्ट बनाउनुस् । अनि त्यसमा मह हालेर उमाल्नुस् । त्यसपछि त्यसलाई चिसो बनाएर पिउनुस् । यो सेवन गरेको दुई घन्टासम्म केही नखानुस् ।

अमला
अमलाले स्वास्थ्यसम्बन्धी धेरै समस्यालाई समाधान गर्छ । बिहान खाली पेट अमलाको मुरब्बा खाँदा स्मरणशक्ति बढ्छ । घरिघरि रिस उठ्ने समस्या पनि यसबाट हुँदैन ।

गाईको घिउ
गाईको घिउको राति सुत्नुअघि टाउकोको मालिस गर्नुस् । यसले स्मरणशक्ति तीखो बनाउँछ ।

ओखर
ओखरमा दिमाग तीखो बनाउने गुण विद्यमान हुन्छ । दश ग्राम किसमिसका साथ २० ग्राम ओखर खानुस् ।

गाजर
दिनको दुईतीनचोटि गाजर खाँदा पनि दिमाग स्वस्थ रहन्छ ।

रहर दाल
राति सुत्नुअघि रहरको दाल भिजाएर राख्नुस् । बिहान यो दालको पेस्ट बनाएर त्यसमा मिश्री हाल्नुस् । अनि दूधसित त्यसको सेवन गर्नुस् । दिमाग तीखो हुन्छ ।

सूप
सूपको दानालाई पिँधेर धूलो बनाउनुस् । अनि यो धूलोलाई बिहान बेलुका दूधसँग पिउनुस् ।

मह र दालचिनी
महसँग १० ग्राम दालचिनी मिसाएर चाट्नुस् । स्मरणशक्ति बलियो हुन्छ ।

यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।