स्वस्थ रहन चाहनुहुन्छ ? बिहान ८ बज्नुअघि नै गर्नुस् यी ८ काम

मूलखबर संवाददाता
काठमाडौं

हरेक मानिस स्वस्थ हुन चाहन्छ। स्वस्थ हुनका लागि सन्तुलित आहार विहार र शारीरिक तथा मानसिक स्वास्थ्य अनिवार्य विषय हुन्।

त्यसका लागि तपाई आफ्नो तौल नियन्त्रण गर्नु पर्छ। शरीरको तौल नियन्त्रण भएमा तपाईको शरीरमा मेटाबोलिक रेट राम्रो हुन आवश्यक हुन्छ । त्यस्तै, यदि तपाई विहानको समयमा केही क्रियाकलाप तथा खान–पानमा ध्यान पुर्याउँनु भयो भने तौललाई आफ्नो नियंन्त्रणमा राख्न तथा स्वस्थ्यलाई सन्तुलित सक्नुहुन्छ ।

१. मनतातो पानी पिउने – बिहान उठेपछि खाली पेटमा एक गिलास मनतातो पानी पिउँनुहोस । यसले शरीरको टोक्सिन्स बाहिर निस्कन्छ र शरीरमा वोसो घटाउँन मद्दत गर्छ । विहानमा पानी पिउनाले दिनभर स्वस्थ पनि महसुस गराउँछ।

२. बिहानीको घाम – प्रत्येक विहान १५ देखि २० मिनेट घाममा बस्नुहोस्, यसो गर्नाले शरीरमा मेटाबोलिज्म बढाउँन मद्दत गर्छ।

३. ग्रीन टी – बिहान दुधचिया भन्दा ग्रीन टी वा हर्बल–टी पिउँनुहोस् । यसमा रहेको एन्टीओक्सिडेन्ट्सले शरीरलाई स्वस्थ राख्ने काम गर्छ ।

४. ३० मिनेट हिड्नुहोस् – बिहानको समयमा ३० मिनेट हिड्ने वा व्यायाम गर्ने गर्नुहोस् । यसले फ्याट बर्न हुने र शरीर ताजा रहन्छ ।

५- योग गर्नुहोस्- विहानको समयमा केही मिनेट भए पनि योग तथा ध्यान गर्नुहोस्। यसले तपाईंलाई दिनभरी ताजा र सहि ढंगले सोच्न सजिलो बनाउँछ।

६. कागती पानी पिउने – व्यायामपछि एक गिलास कागती–पानी पिउँनुहोस् । यसले पाचनक्रिया राम्रो र शरीरमा बोसो जम्मा हुने हुँदैन ।

७. १० मिनेट ध्यान – प्रत्येक बिहान १० मिनेटसम्म मेडिटेसन गर्नुहोस् । यसले तनाव कम हुन्छ र तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

८. खाजामा प्रोटिन खाने – बिहानको खाजामा अन्डा, दुध, ओट्स, सिमीजस्ता प्रोटिनले भरिएका खानेकुरा खानुहोस् ।

र, दिनभरीको तयारी – दिनभरी गर्ने काम तथा जिम्मेवारीको विहानै नोट बनाउनुहोस् र पालना गर्नुहोस्। यसले तपाईंको स्वस्थ जीवनमा सकारात्मक भूमिका खेल्छ।

यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।