जनयुद्ध दिवस जिन्दावाद !

मनऋषि धिताल
काठमाडौं

सम्मानित अदालत !
तिमिप्रतिको आस्था र अभिवादन
फिर्ता लिन मिल्छ कि मिल्दैन ?

कानूनका कितावमा
तिमीले के पढ्यौ के पढायौ
म जान्दिन, जान्दै जान्दिन
नेपाली जनयुद्दको जीवित इतिहास
तिमीले नपढेको म मान्दैमान्दिन।

आश्थाको बेञ्च सामुन्ने
कुन प्रेतात्मा बौरी उठ्यो श्रीमान्
तिमीले “जनयुद्द” शब्द चिन्दै चिनेनौ
अध्यारा कुनाको कुन आदेशका अगाडी
मेरो आस्थाको जनादेश किन सुन्दैसुनेनौ ?

सम्मानित अदालत !
तिमिप्रतिको आस्था र अभिवादन
फिर्ता लिन मिल्छ कि मिल्दैन ?

यो जमिन हल्लिएको
आकाश गर्जिएको
विष्णुका अबतार भनिएका महाराजा
पाताल मुनि पुगेको
के ले हो श्रीमान ?

रैती रुपका प्राणी
स्वाभिमानी मानव बनेको
कथा, कबिता , उपन्यास
केहि पनि पढेनौ श्रीमान ?

शरदको पुष्प गुच्छा
शीरमा सिउर्यौ मात्रै श्रीमान्
सयपत्रीका जरा अड्याउने
रक्तिम माटोको सम्मान गरेनौ।

तिमिप्रतिको आस्था र अभिवादन
फिर्ता लिन मिल्छ कि मिल्दैन ?

श्रीमान्
बुझिराख
यो ब्रम्हाण्डमा
एक पृथ्वी छ
त्यो पृथ्वीमा
एक नेपाल देश छ
त्यो देशमा एक क्रान्ति छ
तिम्रो बिबेकको निधन भएपनि
जनयुद्दबाट जन्मेको क्रान्ति जीवित छ।

जनयुद जिन्दाबाद !!!
जनयुद्द दिवस कोटी कोटी मुटुले
हरेक चोटी मनाउने छौ ,
हजार बर्ष मनाउने छौ !!

( सर्वोच्च अदालतले जनयुद्ध दिवसमा सरकारले दिएको विदा बदर गर्ने फैसला गरेकोे विराेधमा धितालद्वारा लिखित कविता)