पर्यटन व्यवसायी संगठनकाे अध्यक्षमा नवराज पाण्डे चयन

मूलखबर संवाददाता
काठमाडौं, १८ माघ

नेपाल उद्योग ब्यापार महासघं (एफएनसिआई) काे बस्तुगत/ विषयगत संघकाे रुपमा रहेको नेपाल पर्यटन ब्यवसायी संगठनको अध्यक्षमा नवराज पाण्डे चयन भएका छन् ।

संगठनकाे प्रथम अधिवेसनबाट पाण्डेको अध्यक्षतामा बनेको कमिटिका वरिस्ठ उपाध्यक्ष ॠषिराम भण्डारी, महासचिव अबिर मल्ल, कोषाध्यक्ष सरिता लामा रहेका छन् ।  समितिमा  ५१ सदस्य रहेका छन् ।

नव निर्वाचित कमिटीलाई पार्टी किन्द्रीय सदस्य तथा नेपाल उद्योग व्यापार महासंघका इन्चार्ज टेक बहादुर बस्नेतले बधाई तथा शुभकामना दिदै सर्बसम्मतिले चयन भएको नयाँ टिम निकै सशक्त र क्रियाशिल हुने विश्वास रहेको बताए ।

नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले बधाई दिदै परिवर्तनको संवाहक माउपार्टी माओवादीको एक सशक्त संगठनले पर्यटन क्षेत्रमा व्यप्त समस्याहरुलाई हल गरेर नयाँ दिशा दिने आशा रहेको बताए ।
सो पार्टीका उपत्यका विशेष कमिटी सचिब राम प्रसाद सापकोटा(कमल)ले आफ्नै पार्टीको नेतृत्वमा पर्यटन मन्त्रालय रहेकाले सो क्षेत्रमा नयाँ कमिटीले मार्गदर्शन गर्ने विश्वास रहेको बताए । पर्यटन क्षेत्रका सम्भावना उजागर र विक्रिति विसंगतिलाई हल गर्न सबै एकजुट भएर लाग्नु पर्ने सुझाए ।