
बालिकालाई बलत्कार गरेको आराेपमा स्वास्थ्यकर्मी पक्राउ
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बराहापोखरी गाउँपालिका–२ सुन्तलेका अहेव २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् । उनी स्थानीय स्वास्थ्य चौकीका करारका अहेव हुन् ।
गत पुस २९ गते हजुरआमाको उपचारका लागि स्वास्थ्य चौकी गएको बेला एकान्तमा बोलाएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार मगरलाई माघ ११ गते पक्राउ गरी पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको खबर कान्तिपुरमा छ ।
