प्रेस सेन्टरकाे स्थापना दिवसमा क्रियाशील पत्रकारहरू पुरस्कृत

मूलखबर संवाददाता
बीरगञ्ज, १५ माघ

प्रेस सेन्टर नेपालकाे २० ओैं स्थापना दिवस र राष्ट्रिय परिषद् बैठकसहित सबै कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा र पार्टी उपाध्यक्ष तथा संगठनका इन्चार्ज अग्नी सापकोटाकाे विशेष आतिथ्यतामा बीरगञ्जकाे टाउन हलमा सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रदेशकाे रूपमा लुम्बिनी प्रदेश समितिलाई नगद १५ हजारसहित, उत्कृष्ट जिल्लाकाे रूपमा पर्सा जिल्ला समन्वय समितिलाई नगद रू. १० हजारसहित, र उत्कृष्ट १० क्रियाशील पत्रकारलाई नगद रू ५ हजारसिहत पुरस्कृत र सम्मानित गरिएको थियाे ।

पुरस्कार छनाैट समितिले बनाएको मापदण्डअनुसार प्रदेश समिति र जिल्ला समितिमा रहेर क्रियाशील पत्रकारहरूलाई सम्मानित गरिएको छनाैट समितिले जनाएको छ । न्युनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष संगिता खड्काकाे संयाेजकत्वमा गठित छनाैट समितिमा प्रेस सेन्टरका महासचिव सन्ताेष पाैडेल र उपमहासचिव तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण अधिकारी रहुनुभएकाे थियाे ।

प्रदेश १ का नमिन ढकाल, मधेस प्रदेशबाट भाग्यरेखा ठाकुर, बागमती प्रदेशबाट भावना रिजाल, गण्डकी प्रदेशबाट कृष्ण दवाडी, लुम्बिनी प्रदेशबाट कृष्ण दर्नाल, कर्णाली प्रदेशबाट मनिष खड्का, सुदुरपश्चिम प्रदेशबाट भिम ढकाल, उपत्यका प्रदेशबाट दिपक अर्याल, प्रतिष्ठान प्रदेशबाट हरि दुलालले  क्रियाशील पत्रकारकाे पुरस्कार पाएका छन् ।

त्यसैगरी महाधिवेशन सम्पन्न गरेकाेमा चितवन जिल्ला समिति, साधारणसभा सम्पन्न गरेकाेमा काठमाडौं जिल्ला समिति र राष्ट्रिय परिषद् बैठक सम्पन्न गरेकोमा पर्सा  जिल्ला समितिलाई कदरपत्रसिहत सम्मानित गरिएको थियाे ।