पढेको कुरा याद आउँदैन? स्मरण शक्ति बढाउन यस्ता छन् उपाय

मूलखबर संवाददाता
काठमाडौं

धेरै मानिसले गुनासो गर्छन् पढ्यो पढ्यो याद नै रहँदैन। अर्थात् मानिसहरूलाई स्मरण शक्ति गुमेको चिन्ता बढिरहेको छ।

आजकलको व्यस्त जीवनशैलीमा दिमागलाई अत्यधिक भार पर्छ । यसैले गर्दा धेरै मानिसको दिमाग कमजोर हुन थाल्छ । दिमाग कमजोर भएपछि स्मरणशक्ति पनि गुम्ने नै भयो । तपाईंमा यो समस्या छ भने यहाँ बताइएका उपाय अपनाउनुस् ।

भिजाइएको बदाम
प्रत्येक रात १० वटा बदाम पानीमा भिजाएर राख्नुस् । बिहान उठेर त्यसको बोक्रा निकालेर मसिनो पेस्ट बनाउनुस् । अनि त्यसमा मह हालेर उमाल्नुस् । त्यसपछि त्यसलाई चिसो बनाएर पिउनुस् । यो सेवन गरेको दुई घन्टासम्म केही नखानुस् ।

अमला
अमलाले स्वास्थ्यसम्बन्धी धेरै समस्यालाई समाधान गर्छ । बिहान खाली पेट अमलाको मुरब्बा खाँदा स्मरणशक्ति बढ्छ । घरिघरि रिस उठ्ने समस्या पनि यसबाट हुँदैन ।

गाईको घिउ
गाईको घिउको राति सुत्नुअघि टाउकोको मालिस गर्नुस् । यसले स्मरणशक्ति तीखो बनाउँछ ।

ओखर
ओखरमा दिमाग तीखो बनाउने गुण विद्यमान हुन्छ । दश ग्राम किसमिसका साथ २० ग्राम ओखर खानुस् ।

गाजर
दिनको दुईतीनचोटि गाजर खाँदा पनि दिमाग स्वस्थ रहन्छ ।

रहर दाल
राति सुत्नुअघि रहरको दाल भिजाएर राख्नुस् । बिहान यो दालको पेस्ट बनाएर त्यसमा मिश्री हाल्नुस् । अनि दूधसित त्यसको सेवन गर्नुस् । दिमाग तीखो हुन्छ ।

सूप
सूपको दानालाई पिँधेर धूलो बनाउनुस् । अनि यो धूलोलाई बिहान बेलुका दूधसँग पिउनुस् ।

मह र दालचिनी
महसँग १० ग्राम दालचिनी मिसाएर चाट्नुस् । स्मरणशक्ति बलियो हुन्छ ।

यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।