आजको मौसम- यी ३ प्रदेशमा छ वर्षाको सम्भावना
पहाडी भू–भागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात सेवा प्रभावित हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसोबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । तराईका अधिकांश स्थानमा हुस्स र कुहिरो लागेको छ ।
काठमाडौंको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागले राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया मौसम बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।