यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
इन्टरमिलानलाई चाैंथाे उपाधी, नापाेलीलाई हराउँदै बन्याे च्याम्पियन. मूलखबर संवाददाता काठमाडौं, ९ माघ २०८० साउदी अरबमा जारी इटालियन सुपर कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । साउदी अरवमा सोमबार राति भएको रोचक फाइनल खेलमा चर्चित प्रतिद्वन्द्वी नापोलीलाई १–० गोलले हराउँदै इन्टर च्याम्पियन बनेको हो ।. इन्टरको यो लगातार चौथो उपाधि हो । यसअघि इन्टरले सन् २०२१, २०२२ र २०२३ मा उपाधि जितेको हो । इन्टरको जितमा लौटारो मार्टिनेजले निर्णायक गोल गर्नुभयो ।. मार्टिनेजले इन्जुरी समयमा बेन्जामिन पाभार्डको पासमा गोल गर्दै इन्टरलाई उपाधि दिलाउनुभयो । ६०औँ मिनेटमा जिओभानी सेमोइनले दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएको नापोली दबाबमा परेको थियो । एजेन्सी.
इन्टरमिलानलाई चाैंथाे उपाधी, नापाेलीलाई हराउँदै बन्याे च्याम्पियन
मूलखबर संवाददाता
काठमाडौं, ९ माघ २०८०
साउदी अरबमा जारी इटालियन सुपर कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । साउदी अरवमा सोमबार राति भएको रोचक फाइनल खेलमा चर्चित प्रतिद्वन्द्वी नापोलीलाई १–० गोलले हराउँदै इन्टर च्याम्पियन बनेको हो ।
इन्टरको यो लगातार चौथो उपाधि हो । यसअघि इन्टरले सन् २०२१, २०२२ र २०२३ मा उपाधि जितेको हो । इन्टरको जितमा लौटारो मार्टिनेजले निर्णायक गोल गर्नुभयो ।
मार्टिनेजले इन्जुरी समयमा बेन्जामिन पाभार्डको पासमा गोल गर्दै इन्टरलाई उपाधि दिलाउनुभयो । ६०औँ मिनेटमा जिओभानी सेमोइनले दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएको नापोली दबाबमा परेको थियो । एजेन्सी