चिसो मौसममा ओंठ फुट्नबाट जोगिने घरेलु तरिका
चिसो मौसममा ओंठ फुट्नु सामान्य हो। अनुहारको साथ साथ ओठको स्याहार गर्नु पनि सौन्दर्यभित्रै पर्दछ । जाडोमा ओठको स्याहार एकदमै जरुरी पनि हुन्छ ।
हामी सबै आफ्ना ओठहरु सुन्दर तथा मुलायम बनाउन चाहन्छौं । जसका लागि हामी बजारमा पाइने अनेक लिपबामहरुको प्रयोग गर्छौं । त्यस्ता केमिकलयुक्त उत्पादन प्रयोग गरेर ओठको सुरक्षा गर्नुभन्दा घरमै पाइने सामग्रीबाट पनि तपाई आफ्ना ओठहरुलाई मुलायम बनाउन सक्नुहुन्छ ।
आवश्यक सामग्री
१) २ चम्चा मह
२) २ देखि ३ चम्चा काँचो दुध
३) २ थोपा गुलाब जल
बनाउने तरिका
१) घरेलु लिपबाम बनाउनका लागि एउटा कचौरामा एक देखि दुई चम्चा मह राख्नुहोस् ।
२) यसमा करीब दुई चम्चा काँचो दुध मिसाउनुहोस् ।
३) यसमा अब दुई देखि तीन चम्चा गुलाब जल मिसाउनुहोस् ।
४) यी तीन चीजहरुलाई राम्रोसँग घोल्नुहोस् र बन्यो तपाईको लीपबाम ।
प्रयोग गर्ने तरिका
१) यसको प्रयोग तपाईं रातको समयमा अनुहार धुनेबेला प्रयोग गर्न सक्नुहुन्छ ।
२) करीब १० देखि १५ मिनेटसम्म यसलाई ओठमा लगाएर राख्नुहोस् ।
३) यसलाई हप्ताको तीनपटकसम्म गर्न सक्नुहुन्छ ।
यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।