माओवादी केन्द्र मण्डन देउपुर वडा नं २ काे भेला सम्पन्न

मूलखबर संवाददाता
काभ्रे, ४ माघ

नेकपा माओवादी (केन्द्र) मन्डनदेउपुर नगरपालिका वडा नं २ मा वडा भेला सम्पन्न भएको छ । बिहीबार सम्पन्न भेलाले  विरध्वज तामाङकाे संयोजकत्वमा वडा कमिटी चयन गरेको छ । नवगठित वडा समितिकाे सहसंयोजकमा विदुर ढकाल, कान्छामान तामाङ र विरधान तामाङ चयन भएका छन् भने सचिवमा सुब्बा तामाङ चयन भएका छन् ।

त्यसैगरी आकाश तामाङकाे संयाेजकत्वमा सहायक संगठन वाइसीएलकाे कमिटी गठन भएको छ भने सहसंयोजकमा सुक बहादुर तामाङ चयन भएका छन् । त्यसैगरी सचिवमा कुमार तामाङ चयन भएका छन् भने सदस्यमा सन्त ब तामाङ, दिपेस तामाङ रहेका छन् ।

भेलाले अनेमसंघकाे संयोजकमा ज्ञानी फुलमायाँ तामाङ चयन भएकी छिन् । त्यसैगरी तामाङ मुक्ति मोर्चाकाे संयोजकमा कान्छामान तामाङ चयन भएका छन् ।

बालुवापाटीमा सम्पन्न  कार्यक्रममा नेकपा माओवादी केन्द्रका वागमती प्रदेश सदस्य गाेपाल घिमिरे, मण्डनदेउपुर नगरपालिकाका नेताहरू इश्वर ढकाल, राेहित माेक्तान, वाइसीएल अध्यक्ष सन्ताेष तामाङलगायतका नेताहरूकाे सहभागीता थियाे ।