
जनतालाई राहतः घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको हो।
सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोन गरेको निगमले जनाएको छ।
अब पेट्रोलको मूल्य १६६ रुपैयाँ, डिजेल र मट्टितेलको १५६ रुपैयाँ भएको छ। भारतबाट घटेर आएकोले नेपालमा पनि मूल्य घटाईएको निगमले जनाएको छ।
निगमका अनुसार भारतबाट पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ २६ पैसा र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर ८३ पैसा घटेर आएको छ।
