
आजदेखी पुनः मेलम्चीको पानी वितरण शुरू
वाढीले ध्वस्त भएको मेलम्ची खानेपानी आयोजनाकाे मुहान सफाइ र पुननिर्माणपश्चात काठमाडौंवासीका घरमा आजदेखि पुन: मेलम्चीको पानी वितरण गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा रहेको धारामा पानी झारेर पुनः वितरणकाे उदघाटन गर्नुभएको हाे ।
मेलम्चीको पानी चौथोपटक यहाँका उपभोक्तालाई वितरण गरिएको हो । उपभोक्ताको घरमा भने त्यसअघि नै पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
