गाउँतिर रमाउँदै बाबुराम हिसिलाकाे जाेडी

मूलखबर संवाददाता
काठमाडौं

वरिपरि दाउरा, घसेटा छन्, तीन ढुंगाकाे परम्परागत अस्थायी  चुलाेमा दाउरा हालेर आगाेमा एक सेतै फुलेकी महिला कुर्ता सुरूवाल लगाएर तरकारी पकाउँदै छीन् । हातमा स्मार्ट वाच छ, खुट्टामा माेजा र चप्पल छ, जाडाे भएपनि टाउकामा टाेपी छैन, पाहारिलाे घाम भने छ ।

गाउँले परवेशमा गाउँले पाराले त्यसरी तरकारी पकाउँदै गरेकी महिला तपाईंले चिन्नुभयाे हाेला । उनी हुन् पुर्व मन्त्री आर्किटेक इन्जिनियर हिसिला यमी । काठमाडौंकाे मुटु असन भुरूङखेलमा जन्मिएकी, नेपाली वाम राजनीतिमा सरिक भएको परिवारकी नेवारकी छाेरी, पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग अन्तरजातीय विहे गरेकी हिसिला नै हुन् उनी ।

१० वर्षे शशस्त्र जनयुद्धको शुरू देखि अन्तिमसम्म सहभागी उनी माओवादी वृत्तमा स्थापित मात्रै हाेईन राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा पनि स्थापित नेतृ थिइन् । माओवादी परित्याग गरि नयाँ शक्ति र जसपासम्म पुग्दा बाबुराम र हिसिलाकाे राजनीतिक हैसियत आशालाग्दाे अवस्थामा छैन । बाबुराम र हिसिला जिवनयापनकाे हिसाबले सामान्य र ओैसत नागरिक सरह नै देखिन्छन् ।

याे तस्बिर बाबुरामले आफ्नो गृह जिल्ला गाेरखाकाे खाेप्लाङमा गएर खिचेर सार्वजनिक गरेका हुन् । उनले लेखेका छन् –

भिलेज रिसाेर्टमा .. अमेरिका यहीँ, काेरिया नी यहीँ

हिसिला र बाबुरामकाे जाेडी अहिले ग्रामीण वस्तिहरूमा रमाइरहेका देखिन्छन् । हेराै केही तस्बिरहरू :