
देशको मौसममा पश्चिमी वायुको प्रभाव
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
तराईका अधिकांश भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरोका कारण जाडो बढेकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ विभागले जनाएको छ ।
