
चिसो बढ्यो, यी स्थानमा हुने छ मौसमी बदली र हिमपात
देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना रहेको हो ।
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागले राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।
