
मौसम महाशाखाले भन्यो- देशभर चिसो बढ्यो, जोगिनुस्
आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुने छ । बाँकी भेगको मौसम भने समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पर्ने छ । महाशाखाका अनुसार आज राति पनि कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
तराईका जिल्लामा आज पनि विहानैदेखि हुस्सु र कुहिरो लागेको छ । केहि दिन यता मुलुकभरको तापक्रम निरन्तर ओरालो लाग्ने क्रममा छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेर आज न्यूतम ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।
जुम्लाको तापक्रम माइनस ६ दशमलव ५ डिग्री सेल्सियसमा पुगेको छ ।
मुलुकभरको तापक्रम दिनहुँ घट्दो क्रममा रहेकाले चिसोबाट जोगिन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।
