नयाँ वर्ष २०२४, विश्वभर यसरी गरियो नयाँ वर्षको स्वागत (तेह्र तस्विर)

मूलखबर संवाददाता
काठमाडौं

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई संसारभरका मानिसहरूले स्वागत गरिरहेका छन्।

युरोप र अफ्रिकामा विशाल भिड जम्मा भएका छन् भने मध्यपूर्व र एशियाका कैयौँ सहरमा पनि नयाँ वर्षको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरिएका छन्।

उत्तर र दक्षिण अमेरिकामा पनि नयाँ वर्षका उत्सवहरू मनाउने क्रम जारी छ। नयाँ वर्यको स्वागतमा अष्ट्रेलियामा सबैभन्दा सुरुमा आतसवाजी गरिएको थियो।

नयाँ वर्ष २०२४ का लागि यहाँ स्थित समुद्री किनारा र बजार झिलीमिली भएका छन्। नयाँ वर्षको स्वागतमा आतिसवाजी गरिएको छ ।

सिड्नीका हार्बर ब्रिज र ओपेरा हाउसमाथिको आकाशमा ८. ५ टनको आतिशबाजी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। आतिशबाजी १२ मिनेटसम्म चलेको थियो।

अष्ट्रेलियाका अन्य सहर क्यानबेरा र मेलबर्नमा पनि नयाँ वर्षको भव्य स्वागत गरिएको छ।

किरिबाटीबाट सुरु भएको नयाँ वर्षको उत्सव अष्ट्रेलिया, न्युजिल्यान्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड हुँदै चीनसम्म गरिसकिएको सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

दुबईमा आकर्षक प्रकाश संयोजन सहितको प्रस्तुति दिनका लागि ६ सय भन्दा बढी ड्रोनहरूको प्रयोग गरिएको थियो।

विश्वभर कसरी नयाँ वर्षलाई स्वागत गरियो? १३ तस्बिरमा हेर्नुहोस:

जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्) सुरुवात भएको मानिन्छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भन्ने गरिन्छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियो। अहिले विश्वव्यापी रुपमा ईस्वी सम्वत प्रयोगमा छ। नेपालमा यो सम्बत प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्।