वाइसीएल अध्यक्ष सुवाेध शेर्पालीलाई पितृशाेक, लेखे यस्तो भावुक स्टाटस

मूलखबर संवाददाता
काठमाडौं

वाइसीएलका अध्यक्ष तथा माओवादी केन्द्रका युवा नेता सुवाेध सेर्पालीलाई पितृशाेक परेकाे छ । सेर्पालीका पिता तेज बहादुर सेर्पालीकाे ६७ वर्षको उमेरमा बिहीबार निधन भएको हाे । उनको उपचारको क्रममा काठमाडौं श्वयम्भुस्थित मनमाेहन मेमोरियल अस्पतालमा निधन भएको हाे । उहाँ क्यान्सरबाट पिडित भएर उपचारको क्रममा रहनुभएकाे थियाे । बुबाको निधनपश्चात अध्यक्ष सेर्पालीलाई सामाजिक सञ्जालमा समवेदना दिनेकाे भिड छ । बुबाको निधनले आफू मर्माहत भएको भन्दै सेर्पालिले सामाजिक सञ्जालमार्फत भावुक स्टाटस लेखेका छन्- तपाइलाई बाबै (बुवा) भनेर सदाका लागि बिदाइ गर्ने दु:खद सौभाग्य प्राप्त गरेँ ।

उनको स्टाटस जस्ताकाे तस्तै-

…✍️बुवा तपाइको उच्च मनोबलले हार्‍यो उपचारमा हर उपाय प्रयोग गर्नुभएर तपाईलाई स्वस्थ बनाउन मिहिनेत गर्ने बि.पि. मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका बरिस्ठ सर्जन डाक्टर बिनयकुमार ठाकुर लगायत Thoraco oncologist medical चिकित्सकहरुको टिमको मिहेनतले बुवालाई धेरै समय बचाउन सकिने आशा संचार गरिरहेको थियो । पौष २२ गते पाँचौ केमोको पर्खाइमा थियौं तर त्यो मिति धेरै दुर रहेछ हामी पुग्न सकेनौं…। आज विहान ११:४५ बजे तपाइलाई अकस्मात स्वास्थ्यमा गम्भीर समस्या देखियो तत्काल नजिकै रहेको मनमोहन मेमोरियल शिक्षण अस्पतालमा पुर्‍यायौं । अन्तिम कोसिस गर्दागर्दै चिकित्सकले १२:५५ मा मृतक😪 घोषणा गरेसँगै तपाइलाई बाबै (बुवा) भनेर सदाका लागि बिदाइ गर्ने दु:खद सौभाग्य प्राप्त गरेँ । समग्रमा तपाइलाई निको गराउने सदा माया आशिर्वाद पाइराख्ने चाहाना र कामनाले हार्‍यो । तपाइलाई पुर्णरूपमा स्वस्थ बनाउन भनेर लागी परेको म हारे । आजको दिन एउटा विशाल हृदय गल्यो सतिसाल पर्खाल ढल्यो छोरा अघि बढ म छु भन्ने साहस गुम्यो । हाम्रो हर कोसिस असफल भयो । यो समय हाम्रो लागि सम्पुर्ण रुपले प्रतिकुल साबित भयो । आजको दिन अन्धकारमय दिन हो जहाँ मैले आँखा चिम्म गरेर हाम फाल्न प्रेरित गर्ने असाधारण भरोसाको अन्तिम श्वास आफ्नो अंगालोमा राखेर तपाइलाई केही हुन्न हामी छौं भन्दै गुमाएको पत्तै पाएन । बाबै तपाइले उच्च मनोबलकासाथ रोगलाइ सहजै जित्छु भन्दाभन्दै पनि हार्‍यौ हामी… । बाबै सन्ततिबाट तपाइको अपेक्षा आशीर्वाद हामीले कति पूरा गर्न सक्यौं वा सकेनौं सबै अनुत्तरित सवालहरुको लागी हृदयदेखि माफी चाहान्छु । दृढ संकल्प गर्छु चार महिना उपचारमा सँगसँगै रहेर तपाइँसँग गरिएका सामाजिक दायित्व पारिवारिक जिम्मेवारी आमाको लागि तपाइले गरेको चिन्ता आमाको स्वास्थ्य अवस्था मेरो राजनीतिक जिम्मेवारीमाथी तपाइले जगाएको ठूलो आशा एवं गरेको भरोसा पूरा गर्नेछु । बाबै तपाइको इच्छा अनुसार स्वयम्भू घुम्यौं तर बाइसधारा घुम्ने अनि प्यारो जन्मभुमि गुनाम गएर घरमा गाउँले दाजुभाइ साथी अनि आफन्तसँग संवाद गर्ने चुरोट, सुल्पा, बिडी जाँडरक्सी सबैलाई छोडाउने क्यान्सर जस्तो प्राणघातक रोग लाग्नबाट अरुलाई जोगाउने तपाइको योजना सधैंको लागि अपुरो अधुरो रह्यो ।…. अलबिदा बाबै !🙏😭😭