
आजको मौसम- तराईमा हुस्सु तर पहाडमा वर्षा र हिमपात छैन
तराईका केही भू–भागमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम, कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जसका कारण वर्षा र हिमपातको सम्भावना छैन ।
