क्रिसमसको काठमाडौं, यस्ता देखिए उपत्यकाका प्रमुख मल तथा अन्य स्थान (फोटो फिचर)

मूलखबर संवाददाता
काठमाडौं

नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिस्मस’ पर्व मनाउँदै छन् ।

अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले क्रिसमस मनाउन लागेका हुन् ।

 क्रिसमसको पूर्वसन्ध्यामा काठमाडौं उपत्यकासहित देशका मुख्य सहरहरूमा सजावट गरिएको थियो।

क्रिसमसका लागि काठमाडौंका विभिन्न मल झकिझकाउ पारिएको छ। क्रिसमसको समय सजाइएका मलको झकिझकाउ हेर्न दर्शकहरुको लाम लागेको छ।

ललितपुर पुल्चोकस्थित लबिम मलमा बर्षेनि क्रिसमसका अवसरमा विशेष सजावट हुने गरेको छ।

आइतबार साँझ ललितपुरको धिबिचौरस्थित एक चर्चमा क्रिश्चियन धर्मावलम्बीहरू प्राथना गर्दै गरिरहेका थिए ।

आइतबार क्रिसमसको अघिल्लो दिन सान्ता क्लजसँग फोटो खिचाउनेहरुको लबिम मलमा घुइँचो लागेको थियो।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ ।

येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।