प्रधानमन्त्री प्रचण्डद्वारा शिक्षक संगठनकाे भवन शिलान्यास, शिक्षा ऐन उच्च प्राथमिकतामा

मूलखबर संवाददाता
काठमाडौं, ७ पुस

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत बहुउद्देश्यीय शिक्षक भवनको सिल्यान्यास गर्नुभएको छ । शिलान्याससँगै माओवादी निकट शिक्षक संगठनकाे भवनकाे निर्माणकार्य शुरूवातको चरणमा पुगेको छ ।

भवन शिलान्यास कार्यक्रममा बाेल्दै प्रधानमन्त्रीले हिउदे अधिवेशनमा नेपाल शिक्षक महासङको माग र मुद्धा सम्बोधन हुनेगरी बिधालय शिक्षा बिधयक ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको हाे।

कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो,‘तपाईहरू धेरैलाई सङ्घीय शिक्षा ऐन के हुन्छ भन्ने जिज्ञासा छ। अहिले संसद अधिवेशन समापन भएको छ। नयाँ अधिवेशन बोलाएपछि पहिलो काम नै सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी ऐन र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउन पहल हुन्छ। यो ऐन सरकारको उच्च प्राथमिकतामा छ।’

`तपाई शिक्षकहरूले आफ्ना माग र मुद्दा सम्बोधन गर्न सडकबाट समेत दवाव दिनुभयो। यसले सरकारलाई सहयोग पुगेको छ’ प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरूले अहिलेको मस्यौदामा जुन सुझावहरू दिनुभएको छ, त्यसमध्ये जायज र सम्भव मागहरू सम्बोधन गरिनेछ।’

शिक्षक संगठनले भोलिबाट २ दिने शैक्षिक सवालमा शिक्षक प्रशिक्षण शुरूवात गर्न लागेकाे छ ।
शिलान्यास कार्यक्रममा पार्टी उपाध्यक्ष एबम पुर्ब सभामुख अग्नी प्रसाद सापकोटा, महासचिव देव गुरुङ, पार्टी स्थायी समिति सदस्य राष्ट्रिय सभा सदस्य नारायण दाहाल, पार्टी स्थायी समिति सदस्य एब संगठन इन्चार्ज क. यशोदा सुवेदी, बागमती प्रदेशका भौतिक योजना तथा बिकास मन्त्री युबराज दुलाल, संगठनका सह इन्चार्ज भोला सापकोटा, सल्लाहकार परिषद अध्यक्ष पुर्ण प्रसाद दवाडी, युनेस्को निमित्त नेपालका सह महासचिव रामेस्वोर प्रसाद यादव, नेपाल शिक्षक महासङका सह अध्यक्ष नानुमया पराजुली लगायतकाे उपस्थिति रहेको थियाे ।
संगठनको वृद्धि बिकासमा अतुलनीय सहयोग गरेबापत संगठनले पार्टी स्थायी समिति सदस्य माननीय नारायण दाहाल ,बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमकटेल,भौतिक पुर्बाधार बिकास मन्त्री युबराज दुलाललाइ सम्मान गरेको थियाे ।