
काठमाडौंमाथि बिरगंजकाे जित, एनएसएल राेचक बन्दै
नेपाल सुपर लिग (एनएसएल) मा वीरगन्ज युनाइटेडले काठमाडौँ रेजर्समाथि फराकिलो जित निकालेको छ ।
दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा वीरगन्जले शीर्ष चारको दौडमा रहेको काठमाडौँलाई ४–१ गोलले हरायो । जितसँगै वीरगन्जले प्लेअफ खेल्ने सम्भावना बनाएको छ । पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा वीरगन्ज हाबी देखिएको थियो ।
वीरगन्जको जितमा विलियम ओपोकुले ह्याट्रिक गर्नुभयो । विलियमको यो जारी लिगकै पहिलो ह्याट्रिक हो । वीरगन्जको अर्को गोल सुनिल खड्काले गर्नुभएको थियो । काठमाडौँका लागि हिसुब थपलियाले एक गोल गर्नुभयो ।
जितसँगै वीरगन्ज सात खेलबाट आठ अङ्क बनाउँदै छैटौँ स्थानमा उक्लिएको छ । पराजित काठमाडौँ समान खेलबाट नौ अङ्कसहित पाँचौँ स्थानमा छ ।
