
आजको मौसमः यी स्थानमा लागिरहेको छ बादल, हुस्सु-कुहिरो
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले बिहान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था छ। बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।
तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको उसले बुलेटिनमा उल्लेख गरेको छ।
बिहीबार दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने अवस्था महाशाखाले पूर्वानुमान गरेको छ। राति पनि दिउँसोजस्तै देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने विभागले जानकारी दिएको छ।
