
चिसोले नुहाएको बेइजिङ र हिउँले ढाकिएको ग्रेटवाल (फोटो फिचर)
यसपटक चीनको राजधानी बेइजिङमा शिशिर ऋतुको सुरुमै भारी हिउँ पर्यो। बेइजिङको ह्वाइ रो क्षेत्रमा पर्ने मु थ्यान यु ग्रेटवालमा हिउँ मिसिएको सुन्दर द्दश्य देखिएको छ।
यस्तो दृश्यले धेरै पर्यटकलाई आकर्षित गरेको छ।


डिसेम्बर १४ तारिखपछि बेइजिङमा ठूलो हिउँ लगाताररूपमा परिरहेको छ। बेइजिङस्थित हिउँबाट ढाकिएका प्राचीन वास्तु भवनहरूले प्राचीन राजधानीको विशेष सुन्दरता थपेका छन्।
बेइजिङमा तापक्रम माइनसमा छ। शुक्रबारको न्यूनतम तापक्रम माइनस १३ डिग्री सेल्सियस मापन गरिएको छ। यो सिजनमा अति जाडो दिनमा तापक्रम माइनस २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ।
अहिले बेइजिङमा यातायात तथा सार्वजनिक संरचनाहरूमा सुरक्षाका उपायहरू अपनाइएको छ।
