जीवनमा सफलता चाहनुहुन्छ? थाहा पाइराख्नुस् सफल व्यक्तिका बीस प्रकारका बानी

मूलखबर संवाददाता
काठमाडौं

हरेक मानिसको जीवनको उद्देश्य नै सफल हुनु हो। फरक फरक विषय हुनसक्छ तर सबैको चाहाना सफलता हुन्छ।

यदी तपाई पनि जीवनमा सफलता चाहनुहुन्छ भने सफल व्यक्ति बारेमा जन्ने प्रयाश गर्नुस् । किनकी हरेक सफल मानिसको जीवनमा एक तितो अनुभव र कठिन संघर्ष हुन्छ । जसका कारण उ सफल भएको हुन्छ ।

एउटा कुरा सधै यादमा राख्नुस् कि सफलता र असफलताको पछाडि तपाइैको इच्छाशक्तिको भूमिका हुन्छ । चाहनाले मात्र मानिस सफल हुँदैन त्यसका लागि तपाईले मिहेनत गर्नु पर्दछ ।

सफता पाउनका लागि तपाईले केही काम नियमित गर्न आवश्यक छ ।

१- पढ्ने वानीको विकास
विशेषज्ञका अनुसार धेरैजसो सफल मानिसले सुत्नुअघि पढ्नका लागि समय छुट्याउछन् । यो जरुरी छैनकी तपाई विषयसँग सम्बन्धित पुस्तक पढ्नुहोस् । तपाइले पे्ररणत्मक कहानी, व्लग्स साहित्या या समाचार भएपनि पढ्ने बानी विकास गर्नुस् ।

२- सकारात्मक सोच
दिनभरको भागदौडपछि दिमागमा तनाव, थकान र नकारात्मक सोच हुनु सामान्य मानवीय प्रक्रिया हो । यदी तपाईले हरेक विषयलाई सकारात्मक रुपमा लिनुभयो भने तपाईलाई निन्द्रा राम्रोसँग लाग्ने छ भने तनाव कम हुन जानेछ । दिनभर गरेका सकारात्मक काम बारे सोच्नुहोस् तपाईलाई आनन्द आउँछ ।

३- कामको लिस्ट बनाउनुस्
बेलुका सुत्नुअघि तपाईले भोलिपल्ट गर्ने कामको लिस्ट बनाउनुस् । सवै कामको लिस्ट बनाउन गारो हुन्छ तर पनि कामको लिस्ट बनाउँदा तपाईको जीवन व्यवस्थित हुन जान्छ ।

४- परिवारलाई समय
तपाईसँग जति पैसा, नाम र व्यस्तत भएपनि परिवारको लागि समय छैन भने त्यसले कुनै अर्थ राख्दैन । सफल व्यक्तिले अफ्नो सफलताको श्रेय परिवारलाई दिन्छ जसले गर्दा उसलाई आत्मसन्तुष्टि मिल्छ भने काममा परिवारका सदस्यहरुको सहयोग हुन्छ ।

५- मादक पदार्थबाट पर बस्नुस्
सफलताका लागि मादक पदार्थहरु बाट टाढा बस्नुहोस् । यसले परिवारका साथै तपाईको काममा पनि असर गर्छ

६-ध्यान गर्नुस्
कयौं सफल व्यक्ति काममा जानु पूर्व थोरै अवधिका लागि भए पनि ध्यानमा बस्छन् । यसबाट तपाईका दिन र दिमाग चिन्ताबाट टाढा जानेछ ।

कतिपय व्यक्तिले सफल हुन केही बानी आविष्कार गरेका हुन्छन् । नियमित जीवनशैली, दह्रो प्रतिबद्धता र निरन्तर लगनबिना सफल हुन मुस्किल छ । यो चार्टले सफल हुने व्यक्तिका बीस प्रकारका बानीबारे बताउँछः

१. उपलब्धि मापन गर्छन् ।
२. गल्तीबाट सिक्छन् ।
३. सही व्यक्तिसँग समय बिताउँछन् ।
४. जीवनका सन्तुलन कायम गर्छन् ।
५. उद्देश्य र लक्ष्य तय गर्छन् ।
६. लामो समयसम्म चिन्तन गर्छन् ।
७. गर्नुपर्ने कामको सूची बनाउँछन् ।
८. हरेक कार्यको उद्देश्य जान्दछन् ।
९. अरूलाई पनि सफल बनाउन चाहन्छन् ।
१०. असफलताको जिम्मेवारी लिन हिचकिचाउँदैनन् ।
११. उत्कट इच्छा राख्छन् ।
१२. पूर्ण प्रतिबद्धता र समर्पणसहित काम गर्छन् ।
१३. सिक्न, सुधार गर्न र अध्ययन गर्न जाँगर गर्छन् ।
१४. जोखिम मोल्छन् ।


१५. समस्यालाई राम्रोसँग व्यवस्थापन गर्छन् ।
१६. विनम्र रहन्छन् ।
१७. सूचना र जानकारी बाँड्ने गर्छन् ।
१८. आनन्द बाँड्छन् ।
१९. अरूलाई माफी दिन्छन् ।
२०. कुरा काट्दैनन्, चिन्तनमाथि चासो राख्छन् ।

एजेन्सीहरूको सहयोगमा