
लसुन खाँदा लाभैलाभ, तपाईंलाई थाहा नहुनसक्छ यी ५ फाइदा
हामी नेपालीको भान्सामा लसुन अनिवार्य आवश्यकता हो। लसुन प्रयोग नगर्ने नेपाली कमै छन्।
मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । खाली पेट लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।
लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टीबायोटिक हो भन्ने पत्ता लाग्यो । अझ खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ ।
लसुनका अन्य पनि धेरै फाइदा छन् । तपाईं मुसा तथा फंगल संक्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सक्नुहुन्छ । छालाका अन्य धेरै रोगबाट लसुनले बचाउँछ ।
१- लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । यसले हाइपरटेन्सन पनि घटाउँछ ।
२- लसुनले पेनकिलरको पनि काम गर्छ । शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ ।
३- लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ ।
४- लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन ।
५- स्नायुप्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ ।
एजेन्सीको सहयोगमा
