भुकम्प प्रभावित र दुर्गमका विद्यार्थीलाई २ लाख बढीको छात्रवृत्ति दिने निर्णय

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौँ, १८ मंसिर २०८०
सरकारले तोकेको दुर्गम जिल्ला र भुकम्प प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई छात्रबृत्ति दिने भएको छ । सरकारी विद्यालयमा अध्ययन गरेका र प्लस टुमा ‘ग्रेड ए’ माथि नतिजा प्राप्त गरेका विद्यार्थीहरूलाई सगरमाथा इन्जिनियरिङ कलेजले छात्रबृत्ति प्रदान गर्नेभएको हो । भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई स्नातक तहमा सिभिल इन्जिनियरिङ अध्ययनको लागि २ लाख ११ हजार सम्मको छात्रवृत्ति प्रदान गर्ने भएको छ । त्यसैगरी उक्त छात्रवृत्ति को हकमा पनि छात्रवृत्ति दिने कलेज प्रशासनले बताएको छ ।

दुर्गम र भूकम्पका कारण अफ्ठेरो अवस्थामा रहेका जाजरकोट र रुकुम पश्चिम जिल्लाका विद्यार्थीहरूलाई इन्जिनियरिङ अध्ययनको लागि सहज होस् भन्ने उद्देश्यले उक्त छात्रवृत्ति दिन लागिएको सगरमाथा कलेजका प्रिन्सिपल ई.रमेश श्रेष्ठको भनाइ छ ।

त्यस्तै कलेजमा सञ्चालित सबै सङ्कायमा भर्ना हुने सबै छात्राहरूलाई अतिरिक्त रु.३० हजार बराबरको छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
सानेपास्थित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सगरमाथा इन्जिनियरिङ कलेजमा हाल तीन विषय बीई सिभिल, बीई इलेक्ट्रोनिक्स कम्युनिकेसन इन्फर्मेटिभ इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ अध्यापन गराउँदै आएको छ ।