यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
सुदुरपश्चिममा बढ्दै एचआइभी संक्रमित, एक वर्षमा साँढे २ सय. सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा साढे दुई सयजना एचआइभी एड्सका नयाँ संक्रमित पत्ता लागेका छन् । गत आर्थिक वर्षमा प्रदेशका नौ जिल्लाका विभिन्न स्थानमा गरिएको परीक्षणमा एक सय तीनजना महिलासहित दुई सय ५२ जनामा एचआइभी पजिटिभ देखिएको सरकारी तथ्यांक छ ।. प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरका अनुसार सबैभन्दा बढी कैलालीमा एक सय पाँच, कञ्चनपुरमा ५३, अछाममा २८ र डोटीमा २४ जनामा संक्रमण देखिएको छ । बैतडीमा आठ, बाजुरा, बझाङ र डडेल्धुरामा ६–६ र दार्चुलामा एकजनामा एचआइभी पजिटिभ देखिएको निर्देशनालयको तथ्यांक छ । प्रदेशभरि हालसम्म चार हजार ७१७ जनामा एचआइभी संक्रमण पत्ता लागेकोमा अहिले तीन हजार ६२३ जना उपचारमा छन् ।. कैलालीमा हाल एक हजार ७०९ जना एआरटी उपचारमा रहेका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका एचआइभी फोकलपर्सन देवराज जोशीले जानकारी दिए । गत आर्थिक वर्षभरि प्रदेशमा एचआइभी संक्रमित २४ महिला, ४३ पुरुष र एकजना यौनिक अल्पसंख्यकको मृत्यु भएको उनले बताए । अछाममा पाँच सय ९२, डोटीमा चार सय ८५, कञ्चनपुरमा चार सय १५, बैतडीमा एक सय २१ र डडेल्धुरामा एक सय आठजना संक्रमित एआरटी उपचारमा रहेका निर्देशनालयको तथ्यांक रहेको जोशीले बताए । अन्य जिल्लामा उपचारमा रहेका संक्रमितको संख्या सयभन्दा कम छ भएको खबर नयाँपत्रिकामा छ ।.
सुदुरपश्चिममा बढ्दै एचआइभी संक्रमित, एक वर्षमा साँढे २ सय
मूलखबर संवाददाता
काठमाडौं
सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा साढे दुई सयजना एचआइभी एड्सका नयाँ संक्रमित पत्ता लागेका छन् । गत आर्थिक वर्षमा प्रदेशका नौ जिल्लाका विभिन्न स्थानमा गरिएको परीक्षणमा एक सय तीनजना महिलासहित दुई सय ५२ जनामा एचआइभी पजिटिभ देखिएको सरकारी तथ्यांक छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरका अनुसार सबैभन्दा बढी कैलालीमा एक सय पाँच, कञ्चनपुरमा ५३, अछाममा २८ र डोटीमा २४ जनामा संक्रमण देखिएको छ । बैतडीमा आठ, बाजुरा, बझाङ र डडेल्धुरामा ६–६ र दार्चुलामा एकजनामा एचआइभी पजिटिभ देखिएको निर्देशनालयको तथ्यांक छ । प्रदेशभरि हालसम्म चार हजार ७१७ जनामा एचआइभी संक्रमण पत्ता लागेकोमा अहिले तीन हजार ६२३ जना उपचारमा छन् ।
कैलालीमा हाल एक हजार ७०९ जना एआरटी उपचारमा रहेका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका एचआइभी फोकलपर्सन देवराज जोशीले जानकारी दिए । गत आर्थिक वर्षभरि प्रदेशमा एचआइभी संक्रमित २४ महिला, ४३ पुरुष र एकजना यौनिक अल्पसंख्यकको मृत्यु भएको उनले बताए । अछाममा पाँच सय ९२, डोटीमा चार सय ८५, कञ्चनपुरमा चार सय १५, बैतडीमा एक सय २१ र डडेल्धुरामा एक सय आठजना संक्रमित एआरटी उपचारमा रहेका निर्देशनालयको तथ्यांक रहेको जोशीले बताए । अन्य जिल्लामा उपचारमा रहेका संक्रमितको संख्या सयभन्दा कम छ भएको खबर नयाँपत्रिकामा छ ।