सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा
रुकुम पश्चिम,१७ मंसिर २०८०
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पले असर पु¥याएको क्षेत्रमा खटिएका रुकुम पश्चिमका पत्रकारलाई सहयोग उपलब्ध गराउनु भउको छ । रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले पत्रकार महासंघछका अध्यक्ष लक्ष्मण केसीलाई भूकम्प पीडित क्षेत्रका ३० पत्रकारका लागि राहत स्वरुप ३० थान स्लिपिङ ब्याग र ३० थान ज्याकेट हस्तान्तरण गर्नु भउको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, उपाध्यक्ष उदय जिएमलगायतको उपस्थिति रहेको थियो । भूकम्पबाट पीडित व्यक्ति र भूकम्पले क्षति पु¥याएको स्थलमा समाचार संकलन गर्दै आएका पत्रकारलाई चिसोको समयमा राहत पुगोस् भनेर न्यानो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले बताउनु भयो ।
सामाग्री सम्बन्धित क्षेत्रमा खटिएका पत्रकारलाई आजै वितरण गरिएको पत्रकार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।
चिसोको समयमा पत्रकारका लागि न्यानो कपडा उपलब्ध गराउनाका साथै जिल्लामै आएर मोफसलका पत्रकारलाई भेटघाट गरी हौसला बढाउँदा आफूहरूको मनोबल बढेको उहाँको भनाइ छ । हिजो सल्यान जिल्लाको विभिन्न ठाउँमा भूकम्पपीडितसँग भेटघाट गर्नुभएकी मन्त्री शर्मा आज रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडित क्षेत्रमा पुग्ने कार्यक्रम रहेको बताइएको छ ।