
न्याय पाएका समलिंगी जोडी
काठमाडौँ, १५ मंसिर २०८०
नेपालमै पहिलो पटक कानुनी मान्यता पाएका समलिंगी जोडीले न्याय पाएको बताएका छन् । विवाह गरेको ६ वर्षपछि समलिंगी जोडीले न्याय पाएको हो ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा लमजुङको दोर्दी गाउँपालिका २ सल्लाबोटकी ३७ वर्षकी माया भनेर चिनिने रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका ८ कावासोती इन्द्रचोकका २७ वर्षका सुरेन्द्र पाण्डेको बिहे दर्ता भएपछि आफूहरूलाई न्याय मिलेको बताएका छन् ।
लमजुङको दोर्दी गाउँपालिका–२ अर्चलबोटस्थित वडा कार्यालयले बुधबार समलिंगी जोडीको विवाह दर्ता भएको थियो । काठमाडौं बस्दै आएका दुवैबीच कावासोतीमा ९ वर्षअघि चिनजान भएर गाउँमा सामाजिक परम्परा अनुसार विवाह गरेका थिए ।
२०७४ मा मन्दिरमा गएर विवाह गरे पनि कानुनी मान्यता पाउन सकेको थिएनन् ।
